Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

बुटवलको कोरोना अस्पतालमा ३ जना संक्रमितको ज्यान गयो

बुटवलको कोरोना अस्पतालमा ३ जना संक्रमितको ज्यान गयो


  • 5.1K
    Shares

    बुटवलको कोरोना अस्पतालमा ३ जना संक्रमितको ज्यान गयो

    बुटवल । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचार गराइरहेका तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका-१ की ७१ वर्षीया र अर्घाखाँची मालारानी-५ की ७९ वर्षीया महिला र कपिलवस्तु बाणगंगा नगरपालिका-३ का एकजना पुरुष छन् । 

    तिलोत्तमाकी महिलामा चैत २१ गते कोरोना संक्रमण देखिएकोमा २३ गते अस्पताल भर्ना भएकी थिइन् । उनको सोमबार बिहान ७:२७ मा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । उनमा ज्वरो, दम र निमोनियाको समस्या रहेको उनले बताए ।

    यस्तै अर्घाखाँचीकी महिलामा चैत २७ गते कोरोना संक्रमण पुष्टि भई सोही दिन अस्पताल भर्ना भएकोमा सोमबार बिहान ९:५० बजे मृत्यु भएका प्रवक्ता गौतमले बताए । उनमा पनि ज्वरो, दम, निमोनियाको समस्या रहेको डा। गौतमले बताए ।

    कपिलवस्तुका पुरुषमा चैत २७ गते कोरोना संक्रमण पुष्टि भएको र सोही दिन अस्पताल भर्ना भएकोमा सोमबार बिहान ७:१४ बजे मृत्यु भएको प्रवक्ता गौतमले बताए ।संक्रमित पुरुषमा मधुमेह, ज्वरो, दम, निमोनियाको समस्या रहेको उनले बताए ।

    प्रकाशित मिति :चैत्र ३० २०७७ सोमवार - ११:१२:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij