२०८२ फाल्गुण ३० गते शनिवार
काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको निधन भएको छ । चितवनको रत्ननगरमा बस्दे आएका भाइ गोविन्दराज पौडेलको निधन भएको नेता रामचन्द्र पौडेलले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
“मेरा प्यारो माइलो भाइ गोविन्दराज पौडेलको असामयिक निधनको खबरले मर्माहत बनाएको छ । हाम्रो परिवार र गाउँ समाजकै भरोसाका रुपमा हेर्ने भाइ पछिल्लो समय चितवनको रत्ननगरमा बस्दै आएका थिए । प्रिय भाइ नाताले भाइ भए पनि मेरो साथी जस्तै गरी सबै कुरामा सहयोगी थिए । मेरो राजनीतिकालमा सधैं सहयोगी भूमिका निर्वाह गरेका भाइ गोविन्दको निधनले म आफूलाई एक्लो भएको महसुस गरेको छु । प्रिय भाई गोविन्द तिम्रो आत्माको चीर शान्तिको कामना गर्दै स्वर्गबासको कामना गर्दछु,” नेता पौडेलले सामाजिक सञ्जालमा लेखेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij