Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

चितवनमा ट्याक्टर दुर्घटना, ६ को मृत्यु, १९ घाइते, ७ गम्भिर (नामावलीसहित)

चितवनमा ट्याक्टर दुर्घटना, ६ को मृत्यु, १९ घाइते, ७ गम्भिर (नामावलीसहित)


  • 5.9K
    Shares

    चितवनमा ट्याक्टर दुर्घटना, ६ को मृत्यु, १९ घाइते, ७ गम्भिर (नामावलीसहित)
    images

    चितवन। चितवनको राप्तीमा गए राती ट्याक्टर दुर्घटना हुदा ६  जनाको मृत्यु भएको छ । जिल्लाको राप्ती नगरपालिका वडा नं ११ आमपानीको चिउडे खोलामा ना १ त ६२८२ नम्बरको ट्याक्टर पल्टदा ६ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    आइतबार साँझ ७ः३० बजे पहाडी क्षेत्र थाकलटारबाट चिउडेखोला तर्फआई रहेको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।

    ट्याक्टरमा करिब २५ जना सवार भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन्, तीमध्ये ७ जनाको अवस्था गम्भीर रहेको डीएसपी थापाले जानकारी दिए।

    उनका अनुसार रौतहटको दिपहीका १९ वर्षीय अरुण राम, दिबहीकै २७ वर्षीय विजय राम, बाराको कचौराहा गाउँपालिका-८ का २७ वर्षीय रामआधार राम, चितवनको राप्ती नगरपालिका-४ बस्ने वर्ष ३० का नीरबहादुर श्रेष्ठ, मकवानपुरको राक्सिराङ गापा-७ का २४ वर्षीय रमन चेपाङ, बाराको कोल्हबी नपा-५ का  ३२ वर्षीय प्रभुकुमार राम र नामथर/वतन खुल्न नसकेका २४/२५ वर्षका व्यक्तिको अवस्था गम्भीर छ।

    मध्यम अवस्थाका घाइतेमा चितवन खैरहनी नपा-७, मझुहीका २६ वर्षीय ट्याक्टर-चालक राजन चौधरी, रौतहटको मधुनारायण नपा-१  का २२ वर्षीय पप्पु महरा, चितवनको खैरहनी-९ का २५ वर्षीया मञ्जु चौधरी, सोही स्थान बस्ने २१ वर्षकी सरिता चौधरी, बाराको सिम्रनगढ नपा-५ का २१ वर्षीय अवधेश पासवान, सोही नपा वडा नम्बर ८ बस्ने वर्ष २३ का शिवजीकुमार राम, बाराको बुद्धगाउँ नपा-८ का २० वर्षीय विराज चौधरी, मकवानपुरको कान्द्राङ गापा-४ का २० वर्षीय रङलाल प्रजा,  मकवानपुरकै सिलिङे गापा-६ का वर्ष २५ का दानिर प्रजा, रौतहटको दिपही-१ का वर्ष २४ का नागेश्वर चमार, मकवानपुरको राक्सिराङ गापा-२ वर्ष ४२ का अजय सिंजाली र रौतहट दिपही-२ का वर्ष १४ का नितेश राम छन्।

    घाइतेहरूको अहिले चितवनकै विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार राप्ती नगरपालिका–११ स्थित चिउरी खोलामा आइतबार बेलुका ना १ त ६२८२ नम्बरको ट्याक्टर दुर्घटना भएको हो। राप्ती नगरपालिकाकै ११ नम्बर वडा कार्यालय भवन ढलान गरेर ट्याक्टरमा भण्डारा फर्किंदै गरेका मजदुर दुर्घटनामा परेका हुन्।

    प्रकाशित मिति :चैत्र ३० २०७७ सोमवार - १०:१५:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij