Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

कोरोना अपडेट : थप ३०३ जनामा संक्रमण पुष्टि, १४१ जना संक्रमणमुक्त

कोरोना अपडेट : थप ३०३ जनामा संक्रमण पुष्टि, १४१ जना संक्रमणमुक्त


  • 11.2K
    Shares

    कोरोना अपडेट :  थप ३०३ जनामा संक्रमण पुष्टि, १४१ जना संक्रमणमुक्त

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमतिको संख्या २ लाख ८० हजार २८ पुगेको छ । त्यस्तै कोरोनाका कारण सोही अवधिमा थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    हालससम्म नेपालमा ३ हजार ४० कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४१ जना संक्रमणमुक्त भएका छन्  । योसँगै हालसम्म २ लाख ७४ हजार २७ जना संक्रमणमुक्त भएका छन् ।

    नेपालमा हाल २ हजार ९६१ जना आइशोलेशन र ८३ जना क्वारेन्टिनमा रहेका छन् । त्यस्तै नेपालमा हालसम्म २३ लाख १२ हजार ९०१ जनाको पीसीआर परीक्षण भएको छ।

    प्रकाशित मिति :चैत्र २९ २०७७ आइतवार - १६:५०:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij