Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

बालबालिकाको अधिकारका लागी बिशेष कार्यक्रम ल्याइदै

बालबालिकाको अधिकारका लागी बिशेष कार्यक्रम ल्याइदै


  • 6.0K
    Shares

    बालबालिकाको अधिकारका लागी बिशेष कार्यक्रम ल्याइदै

    बुटबल। लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुले बालबालिकाको अधिकारका लागी लुम्बिनी प्रदेश सरकार गम्भीर भएको बताईन् । उनले बालबालिका देशको कर्णधार भएकाले बालबालिकाका हक र हितका लागी प्रदेश सरकारले विशेष योजना ल्याउँने बताईन । 

    कन्सोर्टियम नेपाल लुम्बिनी प्रदेश समितिले बुटबलमा गरेको प्रदेशस्तरिय अन्तक्रिया कार्यक्रमको उद्घाटनगर्दै उपसभामुख थारुले भनिन् ‘बालसहभागिता संविधानमा मात्र नभई व्यवहारमा लागु हुनुपर्ने बताईन।’

    बालबालिकाको अधिकारका लागि संघ, प्रदेश र स्थानीय सरकार गम्भीर भएर लाग्नुपर्ने बताउँदैँ बालबालिकाले पाउँने अधिकार कसैले हनन् गर्न नपाउँने बताईन । 

    कार्यक्रममा सामाजिक विकास समितिका सभापति दृगनारायण पाण्डेले भने ‘सामाजिक विकास समितिले बालबालिकाको लागि विशेष कार्यक्रम सञ्चालन गर्न योजना बनाएर अगाडी बढ्ने बताउँदै बाल अधिकार सुनिश्चितताका लागी प्रदेश सरकार गम्भीर भएर लाग्ने उल्लेख गरेका छन् ।’

    कार्यक्रममा सामाजिक विकास समितिका सदस्य तथा प्रदेश सभा सदस्यद्वय कमला देवी विकले बालबालिकाको अधिकार कागजमा मात्रै सिमित भएको बताईन ।

    प्रदेश सभाका सदस्य दीपा विकले बालबालिकाहरु अन्यायमा परेको बताउँदै तत्काल सम्वन्धित निकायले अधिकारबाट बञ्चित गराउन नहुने बताईन । 

    111.jpg

    अन्तक्रिया कार्यक्रममा बाल अधिकार अभियान्ता तथा कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापाले बालबालिकाको क्षेत्रमा कन्सोर्टियम नेपालमा देशभरका ७४ संस्था आवद्ध भएको बताए । थापाले ७४ संस्थाको साझा धारणा मार्फत सबै संघसंस्था बालबालिकाको क्षेत्रमा क्रियाशिल रहेको र यस किसिमको बाल अधिकारको आभियान देश व्यापी बनाउने बताए । 

    कार्यक्रममा सामाजिक विकास महाशाखाकी कमला पन्त, कन्सोर्टियम नेपालका सल्लाहकार तथा बालअधिकार अभियान्ता कृष्ण सुवेदी, उपाध्यक्ष मोहन दंगाल, सचिव प्रदिपकुमार लामिछाने, सदस्य प्रकाश खतिवडा, गंगा गुरुङ, बालिका प्रतिनिधि शेषमती मल्लाह, लुम्बिनी प्रदेशका १२ जिल्लाका १८ वटा संस्था, साझेदारी संस्थाको सहभागिता रहेको थियो । 

    कार्यक्रम कन्सोर्टिय नेपाल लुम्बिनी प्रदेशका संयोजक बद्री सुवेदीको अध्यक्षता, केन्द्रीय सदस्य शालिकराम पाण्डेको स्वागत र प्रदेश समिति सदस्य सचिव अर्जुन थापाको सञ्चालनमा सम्पन्न भएको हो । 

    त्यस्तै कन्सोर्टियम नेपाल लुम्बिनी प्रदेश समितिले पुर्णता पाएको छ । नबलपरासीको इन्द्रेणी सामाजिक विकास मञ्चका अध्यक्ष बद्री प्रसाद सुवेदीको संयोजकत्मा ५ सदस्यीय समिति गठन भएको छ । जसको सहसंयोजकमा नमुना एकिकृत विकास परिषद् रुपन्देहीका ज्ञानु पौडेल, सदस्य सचिवमा कालिका स्वावलम्बन सामाजिक केन्द्र कपिलवस्तुका अर्जुन थापा, सदस्यहरुमा लुम्बिनी सामाजिक विकास केन्द्र अर्घाखाँचीका घनश्याम पौडेल, जनजागरण महिला संघ बर्दियाका गोमा पौडेल रहनुभएको छ ।

    प्रकाशित मिति :चैत्र २९ २०७७ आइतवार - १६:३९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij