Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

नेपाल लाइफ क्यापिटलको साधारण सभा सम्पन्न, अध्यक्षमा कृष्णराज लामिछाने चयन

नेपाल लाइफ क्यापिटलको साधारण सभा सम्पन्न, अध्यक्षमा कृष्णराज लामिछाने चयन


  • 1.3K
    Shares

    नेपाल लाइफ क्यापिटलको साधारण सभा सम्पन्न, अध्यक्षमा कृष्णराज लामिछाने चयन
    images

    काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडको एघारौं वार्षिक साधारण सभा पुस १९ गते काठमाडौंमा सम्पन्न भएको छ ।

    उक्त एघारौं वार्षिक साधारण सभाबाट आव २०८०/८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित भएको छ । आव २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा नयाँ सञ्चालक समिति चयन भएको छ ।

    सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक समिति सदस्यमा कृष्णराज लामिछाने, सुरेश कुमार अग्रवाल, अमित कुमार कयाल र प्रेम प्रसाद रेग्मीज्यू निर्विरोध चयन भएका छन् ।

    साथै, वार्षिक साधारण सभा पश्चात् बसेको कम्पनीको सञ्चालक समितिको ११०औं बैठकले कृष्णराज लामिछानेज्यूलाई सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।

    प्रकाशित मिति :पौष २३ २०८१ मंगलवार - १५:२६:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij