Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

नेपाल लाइफ क्यापिटलको साधारण सभा सम्पन्न, अध्यक्षमा कृष्णराज लामिछाने चयन

नेपाल लाइफ क्यापिटलको साधारण सभा सम्पन्न, अध्यक्षमा कृष्णराज लामिछाने चयन


  • 1.6K
    Shares

    • images
    नेपाल लाइफ क्यापिटलको साधारण सभा सम्पन्न, अध्यक्षमा कृष्णराज लामिछाने चयन

    काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडको एघारौं वार्षिक साधारण सभा पुस १९ गते काठमाडौंमा सम्पन्न भएको छ ।

    उक्त एघारौं वार्षिक साधारण सभाबाट आव २०८०/८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित भएको छ । आव २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा नयाँ सञ्चालक समिति चयन भएको छ ।

    सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक समिति सदस्यमा कृष्णराज लामिछाने, सुरेश कुमार अग्रवाल, अमित कुमार कयाल र प्रेम प्रसाद रेग्मीज्यू निर्विरोध चयन भएका छन् ।

    साथै, वार्षिक साधारण सभा पश्चात् बसेको कम्पनीको सञ्चालक समितिको ११०औं बैठकले कृष्णराज लामिछानेज्यूलाई सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।

    प्रकाशित मिति :पौष २३ २०८१ मंगलवार - १५:२६:३४ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij