Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

अमेरिकी डलरले आज फेरि बनायो अहिलेसम्मकै महँगो मूल्यको रेकर्ड

अमेरिकी डलरले आज फेरि बनायो अहिलेसम्मकै महँगो मूल्यको रेकर्ड


  • 1.1K
    Shares

    अमेरिकी डलरले आज फेरि बनायो अहिलेसम्मकै महँगो मूल्यको रेकर्ड
    images
    • अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनार पनि महँगिए

    नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। 

    आज पनि अमेरिकी डलरले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ। अमेरिकी डलरले उच्च मूल्यको रेकर्ड कायम गरिरहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलर, बहराइन र कुवेती दिनारसहित मुद्रा पनि महँगिएका छन्। 

    राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ०३ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ६३ पैसा छ। 

    हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ५४ पैसा थियो। पुस २० गते उच्च मूल्यको रेकर्ड बनाएको अमेरिकी डलर आज फेरि अहिलेसम्मकै महँगो बनेको हो। 

    त्यसैगरी आज युरो एकको खरिदर एक सय ४२ रुपैया ६८ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ३१ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४१ रुपैया १७ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ७९ पैसा थियो। 

    त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ  ७८ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ५३ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ  १० र बिक्रीदर एक सय ७० रुपैयाँ ८५ पैसा थियो। 

    आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ ०८ र बिक्रीदर ८६ रुपैयाँ ४५ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ०९ र बिक्रीदर ८५ रुपैयाँ ४७ पैसा थियो। 

    त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४४ रुपैयाँ ५९ पैसा र बिक्रीदर चार सय ४६ रुपैयाँ ५४ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ८० पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ७५ पैसा  थियो। 

    त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपैयाँ ५० पैसा र बिक्रीदर तीन सय ६५ रुपैयाँ ०९ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपैयाँ २४ पैसा र बिक्रीदर तीन सय ६४ रुपैयाँ ८३ पैसा थियो। 

    हेर्नुहोस् सबै विदेशी मुद्राको सूची

    Screenshot_2025-01-07_043724_3sauwOdjtv.png

     

    प्रकाशित मिति :पौष २३ २०८१ मंगलवार - ०७:३७:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij