Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र इन्टर्न चिकित्सकबीच भयो ११ बुँदे सहमति

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र इन्टर्न चिकित्सकबीच भयो ११ बुँदे सहमति


  • 10.3K
    Shares

    बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र इन्टर्न चिकित्सकबीच  भयो ११ बुँदे सहमति
    images

    काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत इन्टर्न चिकित्सक र प्रतिष्ठानका पदाधिकारीबीच ११ बुँदे सहमति भएको छ। 

    मंसिर १४ गते गठित प्रतिष्ठानको वार्ता समितिका सदस्य र आन्दोलनरत इन्टर्न चिकित्सकबीच भएको वार्ताले ११ बुँदे सहमति गरेको हो। 

    प्रतिष्ठानका पदाधिकारीसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै त्यहाँका इन्टर्न चिकित्सकहरु केही दिनयता आन्दोलनमा उत्रिएका थिए । 

    जीवन निर्वाह भत्तासम्बन्धी २०७६ साल वैशाख १९ गते भएको सहमति बमोजिम त्रिवि शिक्षण अस्पतालमा हुने वृद्धिलाई आधार मानी सोही अनुपातमा प्रतिष्ठानमा पनि वृद्धि गर्ने सहमित भएको थियो । 

    त्रिवि शिक्षण अस्पतलमा ८औं तहको ५० प्रतिशतको व्यवस्था भएका कारण प्रतिष्ठानमा पनि जीवन निर्वाह भत्ता सोही अनुसार कार्यान्वयन हुनुपर्ने, विगतको सहमति अनुसार जीवन निर्वाह भत्तामा ३ प्रतिशत महँगी भत्ताको व्यवस्था भए बमोजिम कार्यान्वयन हुनुपर्ने माग राख्दै उनीहरु आन्दोलनमा उत्रिएका थिए । 

    वार्ताबाट इन्टर्न चिकित्सकहरुको जीवन निर्वाह भत्ता आजदेखि लागू हुनेगरी प्रतिमहिना १८ हजार ५०० कायम गर्ने, इन्टर्न चिकित्सकहरुलाई पोस्टिङ सकिएपश्चात् प्रतिनाइट ड्युटीको न्यूनतम रेसिडेन्ट स्टाफहरुले पाए बमोजिम नै खाजा भत्ता प्रदान गर्ने, कोरोना महामारी नियन्त्रणमा अग्रपंक्तिमा खटिएका इन्टर्न चिकित्सकलाई न्यूनतम सुरक्षाका सामग्रीहरु प्रदान गर्ने, पोजेटिभ देखिएका इन्टर्न चिकित्सकहरुको पिसिआर परीक्षण निःशुल्क गर्ने, शैक्षिक कार्यक्रम सुचारु गर्ने लगायत बुँदामा सहमति भएको छ । 

     

    1.jpg

    2.jpg

    प्रकाशित मिति :मंसिर १५ २०७७ सोमवार - १५:१५:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij