२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ५०० रुपैयाँ कायम भएको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार रुपैयाँ कायम भएको थियो । यस आधारमा अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य ५०० रुपैयाँ बढेको हो ।
यस्तै चाँदीको मूल्य तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य १ हजार ७६५ रुपैयाँ कायम भएकोमा बिहीबार बढेर कारोबार भएको महासंघले आफ्ना वेबसाइटमा उल्लेख गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij