Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

अमेरिकन डलर आज पनि उच्च दर,  अन्य राष्ट्रको मूल्य कति?

अमेरिकन डलर आज पनि उच्च दर,  अन्य राष्ट्रको मूल्य कति?


  • 1.7K
    Shares

    अमेरिकन डलर आज पनि उच्च दर,  अन्य राष्ट्रको मूल्य कति?

    काठमाडौं। नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ३४ पैसा कायम भएको छ ।

    युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ३५  पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ १५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५० रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ३६ पैसा कायम गरिएको छ ।

     अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८४ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ०७ पैसा र बिक्रीदर ९५ रुपैयाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।

     जापानी येन १० को खरिददर आठ रुपैयाँ ७२ पैसा र बिक्रीदर आठ रुपैयाँ ७६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८ रुपैयाँ ८१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा कायम भएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९९ पैसा र बिक्रीदर चार रुपैयाँ, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ५८ पैसा र बिक्रीदर ३० रुपैयाँ ७१ पैसा निर्धारण भएको छ ।

     साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ २५ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १२ रुपैयाँ ४० पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ ०७ पैसा तोकिएको छ ।

     राष्ट्र बैङ्कले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ६० पैसा र बिक्रीदर १७ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ६० पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ५५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६२ रुपैयाँ ७२ पैसा र बिक्रीदर तीन सय ६४ रुपैयाँ ३१ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५५ रुपैयाँ ६३ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ १९ पैसा तोकिएको छ । त्यसैगरी, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

     

    प्रकाशित मिति :पौष १८ २०८१ बिहिवार - ०७:१३:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij