Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

 झनै महँगियो डलर, एक डलरको बिक्रीदर १३७ रुपैयाँ २९ पैसा

 झनै महँगियो डलर, एक डलरको बिक्रीदर १३७ रुपैयाँ २९ पैसा


  • 1.3K
    Shares

     झनै महँगियो डलर, एक डलरको बिक्रीदर १३७ रुपैयाँ २९ पैसा
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।

    आज पनि अमेरिकी डलरले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ। अमेरिकी डलरले उच्च मूल्यको रेकर्ड कायम गरिरहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका विदेशी मुद्रा भने सस्तिएका छन्।

    त्यसैगरी आज कुवेती र बहराइन दिनारसहितका केही मुद्राको पनि मूल्य बढेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ २९ पैसा छ।

    अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो। विगत केही सयमयता अमेरिकी डलरको मूल्य लगातार बढिरहेको छ। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १६ पैसा थियो।

    त्यसैगरी आज युरो एकको खरिदर एक सय ४२ रुपैया ३५ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ९७ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४२ रुपैया ६७ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ३० पैसा थियो।

    त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १८ पैसा छ। पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७२ रुपैयाँ ०९ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ३० पैसा थियो।

    आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ९० र बिक्रीदर ८५ रुपैयाँ २८ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ २३ र बिक्रीदर ८५ रुपैयाँ ६१ पैसा थियो।

    त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ६० पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ३० पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ २५ पैसा थियो।

    त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६२ रुपैयाँ ३८ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ ९७ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६१ रुपैयाँ ९९ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ ५८ पैसा थियो।

    प्रकाशित मिति :पौष १७ २०८१ बुधवार - ०७:२३:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij