२०८२ भाद्र १० गते मंगलवार
इन्डोनेसियामा ६ म्याग्नेच्यूडको भूकम्प जाँदा ७ जनाको मृत्यु भएको छ । जाभा द्वीप केन्द्र बिन्दु भई गएको भुकम्पका कारण सयौ घरमा क्षति पुगेको छ ।
अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पको केन्द्र जाभा द्धीपको जमिनको सतहबाट करिब ८२ किलोमिटर गहिराइमा थियो ।रातको समयमा गएको भुकम्पका कारण भागदौड मच्चिंदा कयौं घाइते भएका छन ।
भूकम्पका कारण घरबारबिहीन बनेकाहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । यसैबीच भूकम्प पछि आउनसक्ने पराकम्पनबाट थप क्षति हुन नदिन पूर्वी जाभाका धेरै गाउँहरू खाली गरिएको अधिकारीहरुले जनाएका छन् । एजेन्सी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij