२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । आज सुनको मूल्य केही घटेको छ। हिजो स्थिर रहेको सुनको मूल्य आज तोलामा एकसय रुपैयाँ घटेको हो।
आज सुनको मूल्य एक लाख ४९ हजार सातसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य एक लाख ४९ हजार आठसय रुपैयाँ थियो।
गएको आइतबार प्रतितोला ११ सय र सोमबार दुईसय रुपैयाँ बढेर सुनको मूल्य तोलाको एक लाख ४९ हजार आठसय पुगेको थियो।
आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ घटेको छ। हिजो तोलाको एक हजार आठसय पाँच रुपैयाँ रहेको चाँदीको मूल्य आज तोलाको एक हजार आठसय कायम भएको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij