२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । आज सुनको मूल्य स्थिर हुँदा, चाँदीको मूल्य भने बढेको छ।
आज सुनको मूल्य एक लाख ४९ हजार आठसय रुपैयाँमै स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढेको छ। हिजो एक हजार सातसय ९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज एक हजार आठसय पाँच रुपैयाँ पुगेको छ। गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।
गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij