Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भयो वर्ल्डलिंक कम्युनिकेशन

अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भयो वर्ल्डलिंक कम्युनिकेशन


  • 8.3K
    Shares

    अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भयो वर्ल्डलिंक कम्युनिकेशन

    काठमाडौं । वर्ल्ड लिंक कम्युनिकेशन एक अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएको छ । वर्ल्ड इन्फोरमेशन टेक्नोलोजी एण्ड सर्भिस एलाइन्स (विट्सा)ले मलेशियाको पेनाङ्गमा आयोजित २०२० टेकफेष्ट लाईभ रोड–टु–विट्सा मलेशिया हाईब्रिड कार्यक्रममा वर्ल्ड लिंक सम्मानित भएको हो ।

    १९ नोभेम्बर २०२० तारिखका दिन आयोजित उक्त समाहरोहमा वर्ल्डलिंक कम्यूनिकेशन्स लिमिटेडले नेपालका विभिन्न भागहरु लगायत कर्णाली प्रदेश जस्तो विकट क्षेत्रमा इन्टरनेट सेवाको पहुँच पुर्‍याइएकोमा डिजिटल अपर्चुनिटी इन्क्लुजन ‘मेरिट पुरस्कार’ जित्न सफल भएको हो । हाल सम्म यो पुरस्कार पाउने वर्ल्डलिंक नेपालको पहिलो कम्पनी हो ।

    सन १९७८ मा स्थापित वर्ल्ड इन्फोरमेशन टेक्नोलोजी एण्ड सर्भिस एलाइन्स (विट्सा) आईसीटी उद्योग संघ सदस्यहरूको एक अग्रणी संस्था हो जसमा विश्वभरिका ८० भन्दा बढी देशका संस्थाहरू आवद्ध छन् । विट्साका सदस्यहरू विश्व आईसीटी बजारको ९० प्रतिशत भन्दा बढी प्रतिनिधित्व गर्दछ ।

    विश्वव्यपी आईसीटी उद्योग को अग्रणी संघको रूपमा मान्यता प्राप्त भएकोले विट्सा आईसीटीको रूपान्तरणको लागी र उद्योग बृद्धि गर्न उद्देश्यका साथ आईसीटीको विश्वव्यापी अर्थव्यवस्थाको प्रमुख संवाहकको रुपमा काम गर्दै आइरहेकोछ ।

    उत्कृष्ट आईसीटी प्रयोगकर्ताहरूलाई पहिचान गर्नका लागि ग्लोबल आईसीटी उत्कृष्टता पुरस्कार प्रदान गर्दै आइरहेको छ । विट्साको यो सबैभन्दा लोकप्रिय कार्यक्रम हो ।

    ‘यस बर्ष ग्लोबल आईसीटी उत्कृष्टता पुरस्कार छनौटका लागि सहभागि आवेदनहरू धेरै उल्लेखनीय संख्यमा सुयोग्य, अद्वितीय, असाधारण किसिमका थिए । २० वर्षदेखि आयोजना गर्दै आईरहेको पुरस्कार आयोजनामा यस बर्षका जति धेरै सहभागीहरूलाई समीक्षा एवम सम्मान गर्ने मौका हामीले पहिले कहिल्यै पाएका थिएनौ,’ विट्साका अध्यक्ष श्री यभोन्ने चियुले भने ।

    वल्र्डलिंक कम्युनिकेसन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक श्री दिलीप अग्रवालले भने, ‘डिजिटल नेपाल निर्माण गर्ने हाम्रो प्रयासलाई यो एउटा ठूलो सम्मान हो। हामी हाम्रो इन्टरनेट सेवाहरूको साथ देशको कुना कुनामा पुग्न निरन्तर काम गर्दैछौं र सबैको जीवनलाई समृद्ध बनाउनका लागि डिजिटल प्लेटफर्म लाई सक्षम बनाउदैछौं ।’

    प्रकाशित मिति :मंसिर १५ २०७७ सोमवार - ११:४०:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij