Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

हिमालयन बैंकले १४% बोनस सेयरसहित २० प्रतिशत लाभांश दिने 

हिमालयन बैंकले १४% बोनस सेयरसहित २० प्रतिशत लाभांश दिने 


  • 9.9K
    Shares

    हिमालयन बैंकले १४% बोनस सेयरसहित २० प्रतिशत लाभांश दिने 


    काठमाडौं । हिमालयन बैंकले लाभांश घोषणा गरेको छ । मंसिर १४ गते बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७६–०७७ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।  बैंकले हाल कायम चुक्ता पुँजीको कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

    जसमध्ये १४ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागिसमेत गरी कुल ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

    बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ । 

    बैंककले नेपाल राष्ट्र बैंकका मौद्रिक नीतिमा गरेको व्यवस्था अनुसार कुल वितरणयोग्य मुनाफाको ३० प्रतिशत अथवा असार मसान्तमा कायम निक्षेपको भारित औंसत ब्याजदरबराबर नगद लाभांश वितरण गर्ने पाउने व्यवस्था अनृुसार बैंकले लाभांश प्रस्ताव गरेको देखिन्छ । 

    प्रकाशित मिति :मंसिर १५ २०७७ सोमवार - ११:२१:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij