Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

डल्ले च्याउको मूल्य घट्यो, चम्सुरको साग महँगियो: आज कुन तरकारी तथा फलफुलको भाउ कति ?

डल्ले च्याउको मूल्य घट्यो, चम्सुरको साग महँगियो: आज कुन तरकारी तथा फलफुलको भाउ कति ?


  • 1.4K
    Shares

    डल्ले च्याउको मूल्य घट्यो, चम्सुरको साग महँगियो: आज कुन तरकारी तथा फलफुलको भाउ कति ?
    images

    फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (बुधबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

    कालीमाटीमा आज धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको छ। कालीमाटीमा आज पनि सबैभन्दा सस्तो तरकारी स्कुस छ भने महँगो तरकारी कुरिलो छ।

    कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ७३, रातो आलु ६७, सेतो आलु ५७, सुकेको भारतीय प्याज ९९, लोकल गाँजर १५०, तराईको बन्दा ७५, स्थानीय काउली १३८, ज्यापु काउली १३८, तराईको काउली ८५, मुला ४५, लाम्चो भन्टा ४५, डल्ले भन्टा ७५, करेला ११० रुपैयाँ प्रतिकिलो छ। 

    त्यसैगरी लौका ६५, परबल ९५, घिरौँला ७५, पाकेको र लाम्चो हरियो फर्सी ५५, भिन्डी ९५, स्कुस २५, पिँडालु ५५, रायोको साग ३५, चम्सुरको साग १५०, तरुल ८५, कन्य च्याउ १७६, डल्ले  च्याउ २४३, कुरिलो ११५०, ब्रोकाउली १४० रुपैयाँ प्रतिकिलो छ। 

    थोकमा किनबेच भइरहेको यो सबै औसत मल्य हो। कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ७७, रातो आलु ६७, भारतीय रातो आलु ६२, सेतो आलु ५९, भारतीय सुकेको प्याज ९९, लोकल गाँजर १६५, तराईको गाँजर १४५, तराईको बन्दा ७५, स्थानीय काउली ९५, मुला ४५ रुपैयाँ प्रतिकिलो थियो।

    त्यसैगरी हिजो लाम्चो भन्टा ७५, डल्ले भन्टा ८५, तने बोडी १३५, मकै बोडी ६५, करेला ११०, लौका ७५, परबल ९५, घिरौँला ६५, फर्सी ५५, भिन्डी ९५, स्कुस २४, रायोको साग ४५, चम्सुरको साग १३३, कन्य च्याउ १७६, डल्ले च्याउ २६५, कुरिलो ११५०, ब्रोकाउली १३३ रुपैयाँ प्रतिकिलो थियो। 

     

    प्रकाशित मिति :मंसिर १२ २०८१ बुधवार - ०८:३८:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij