Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

सुनको मूल्य

एकैदिन तोलामा झन्डै १६ हजारले घट्यो सुनको मूल्य

एकैदिन तोलामा झन्डै १६ हजारले घट्यो सुनको मूल्य


  • 5.0K
    Shares

    एकैदिन तोलामा झन्डै १६ हजारले घट्यो सुनको मूल्य
    images

    काठमाडौं । सुनको मूल्य सोमबार एकैदिन तोलामा झन्डै १६ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख ५१ हजार ३०० रुपैयाँ कायम गरेको छ ।

    आइतबार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।  अर्थ मन्त्रालयले सुनको भन्सारदर घटाएर १० प्रतिशत कायम गरेपछि मूल्यमा उच्च गिरावट आएको हो ।

    अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्नु तथा सरकारले भन्सारदर समेत घटाएका कारण मूल्यमा ठूलो गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न बज्राचार्यले बताए ।

    प्रकाशित मिति :मंसिर १० २०८१ सोमवार - ११:०७:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij