२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । आइतबार छापावाल सुन तोलामा एक हजार ७०० रुपैयाँ बढेर एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij