२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । आज सुनको मूल्य तोलामा एकसय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गत शुक्रबार तोलाको एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ।
गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। त्यसयताका दुई सातामा सुनको मूल्य ११ हजार रुपैयाँ घटिसकेको छ।
आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घटेको छ। शुक्रबार तोलाको एक हजार नौसय १० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार नौसय पाँच रुपैयाँमा झरेको महासंघले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij