२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । सुनको मूल्य आज २२०० रुपैयाँले घटेको छ ।
विगत पाँच दिनदेखि सुनको मूल्य लगातार ओरालो लागिरहेको छ। सुनको मूल्य आज एक लाख ६० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य एक लाख ६२ हजार दुईसय रुपैयाँ थियो।
यही कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। त्यसयता सुनको मूल्य निरन्तर घटिरहेको छ। दुई साताको अवधिमा सुनको मूल्य तोलामा ११ हजार घटेको छ।
आज चाँदीको मूल्य पनि घटेको महासंघले जनाएको छ। हिजो प्रतितोला एक हजार नौ सय ४० मा कारोबार भएको चाँदीको मूल्य आज ३५ रुपैयाँ घट्दै एक हजार नौसय पाँच रुपैयाँमा झरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij