Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

लोकसेवा आयोगले माग गर्यो ४७१ कर्मचारी (विज्ञापनसहित)

लोकसेवा आयोगले माग गर्यो ४७१ कर्मचारी (विज्ञापनसहित)


  • 42.7K
    Shares

    लोकसेवा आयोगले माग गर्यो ४७१ कर्मचारी (विज्ञापनसहित)
    images

    लोक सेवा आयोगले ४७१ जना कर्मचारीको माग गरेको छ । आयोगले राजपत्र अनंकित द्धितीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका चौथो तहमा प्रतियोगात्मक परीक्षाले पदपूर्ति गर्नकालागि दरखास्त आह्वान गरेको हो ।

    आन्तरिक प्रतियोगिता, महिला, खुला तथा समावेशी पदहरुमा नायब जल विज्ञान सहायक, इन्जिनयर, मेकानिक्स, अपरेटर, नायब मौसम विज्ञान सहायक, अमिन, नायब पशु स्वास्थ्य प्राविधिक, अ।हे।व,सहायक कम्प्यूटर अपरेटर, गणक, इलेक्ट्रिसियन, सिनियर मिस्त्री, हेड फिल्ड असिस्टेन्ट , मुद्रण सहायक, सिनियर गेम स्काउट लगायतका सेवाकालागि कर्मचारी माग गरिएको हो ।

    आयोगको धनकुटास्थित कार्यालयकालागि कुल ४८ जना , इलामका लागि १४ जना, खोटाङमा ५ जना र काठमाडौंका लागी ७८ जना  यस्तै  विभिन्न पद, सेवा, समूह र उपसमूहमा कार्यरत हुन हेटौंडा कार्यालयमा २७ जना, पोखरामा ५४ जना, बाग्लुङ कार्यालयकालागि २२ जना र बुटवलमा ३७,दाङ कार्यालयमा ३६ जना, सुर्खेत कार्यालयमा ३० जना, जुम्लाकालागि १२ जना, दिपायलमा २३ जना र महेन्द्रनगरका लागि १५ जनाकालागि  दरखास्त आह्वान गरेको हो  ।

    loksewa1.jpg

    loksewa2.jpg

    प्रकाशित मिति :चैत्र २५ २०७७ बुधवार - १६:२९:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij