Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु


  • 7.5K
    Shares

    मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

    कैलाली । आज बिहान कैलालीको टिकापुरमा मोटरसाइकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।

    बिहान टिकापुर १ ब्लक नम्बर १० की ७४ वर्षीया पदमादेवि साउदको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।  टिकापुर बजारबाट पार्क रोडतिर तीव्र गतिमा गइरहेको मोटरसाइकलले पैदल हिँडिरहेकी साउदलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी थिइन्।

    घाइते उनलाई उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी मधुसूदन न्यौपानेले बताए ।

    'चालकको खोजी गरिरहेका छौँ। सिसिक्यामरा फुटेजको सहयोगमा थप अनुसन्धान भइरहेको छ,' डिएसपी न्यौपानेले भने । चालक मोटरसाइकलसहित फरार छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    प्रकाशित मिति :चैत्र २५ २०७७ बुधवार - १२:०४:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij