Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

नेपाल लाइफ इन्स्योरेन्सद्वारा बाढी पहिरो पीडितहरूका लागि राहत सामाग्री प्रदान

नेपाल लाइफ इन्स्योरेन्सद्वारा बाढी पहिरो पीडितहरूका लागि राहत सामाग्री प्रदान


  • 3.7K
    Shares

    नेपाल लाइफ इन्स्योरेन्सद्वारा बाढी पहिरो पीडितहरूका लागि राहत सामाग्री प्रदान
    images

    काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बाढी पहिरो पीडितहरूलाई राहत सामाग्री प्रदान गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ओखलढुङ्गा, धनकुटा र गर्जुधारा शाखाको संयोजनमा उक्त राहत सामाग्री प्रदान गरेको हो ।

    ओखलढुंगाको मोलुङ गाउँपालिका गौरीडाँडा, जेसे र पात्लेका बाढी पीडितलाई (४५ घर परिवार) चामल, दाल, नुन, तेल र साबुन प्रदान गरिएको हो । प्रतिपरिवार ३० केजी चामल, दाल र नुन २/२ केजी, तेल २ लिटर तथा साबुन ४ वटाका दरले प्रदान गरिएको छ । 

    असोज ९ गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण त्रिशुले टोल धनकुटामा तीन घर पूर्णरूपमा क्षति भएको थियो । कम्पनीले सो स्थानमा प्रति घरपरिवार ३ बण्डल जस्तापाता र एक थान पाल स्थानीय तहको उपस्थितिमा वितरण गरेको छ ।

    यसैगरी झ्याप्ले खोलामा आएको बाढीका कारण विस्थापित हुन पुगेकका ३० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको कम्पनीले जनाएको छ ।

    गर्जुधारा उपशाखाको संयोजनमा स्थानीय निकायको उपस्थितिमा खाद्यान्न सामग्रीहरू पीडित परिवारलाई वितरण गरिएको छ ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस कम्पनीले विभिन्न सामाजिक आर्थिक रूपान्तरणका क्रियाकलापहरू गर्दै आएको कुरा बताए । 

    प्रभावित परिवारलाई हरसम्भव सहयोग गर्न कम्पनी सदैव तत्पर रहेको र आगामी दिनमा पनि कुनै किसिमको सहयोग चाहिएको खण्डमा कम्पनी अग्रपंक्तिमा रहेर सहयोग गर्न तयार रहेको उनको भनाइ छ । 

    कम्पनीले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, बीमा सचेतना, पूर्वाधार निर्माण तथा गरिब निमुखा, सीमान्तकृत वर्गको जीवन उत्थानका निम्ति संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बताए । 

    प्रकाशित मिति :आश्विन ३० २०८१ बुधवार - १७:५३:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij