२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३० औँ वार्षिक साधारण सभाले लेखा परीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
सभाले सेयरधनीहरुलाई आ.ब २०८०/८१ का लागि १०५ बोनस शेयर र ५/५३५ नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
साथै सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीहरुका तर्फबाट नवीन भक्त श्रेष्ठ र उर्मिला श्रेष्ठलाई आगामी ४ वर्षका लागि पुनः निर्विरोध निर्वाचित गरेको छ ।
आ.ब २०८१/८२ को लागि श्री एन। अमात्य एन्ड कम्पनीलाई लेखा परीक्षकमा पुनः नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij