२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समुहको ३५ हजार ५३४ कित्ता शेयर बोलपत्र मार्फत बिक्रीमा ल्याएको हो ।
न्यूनतम् मूल्य १०० रुपैयाँ वा सो भन्दा बढी मूल्यमा विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिन भित्र उल्लेखित शर्तमा रहेर आफुले खरिद गर्न चाहेको कित्तासहित प्रभु क्यापिटल, कमलादीमा आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।
तोकिएको समयमा विद्यमान संस्थापक शेयरधनीहरुबाट खरिद नभएको अवस्थामा अन्य व्यक्ति तथा संस्थाहरुलाई बिक्री गरिने समेत जानकारी संस्थाले दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij