२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । मंगलबार घटेको सुनको मूल्य आज फेरि बढेको छ। चाँदी पनि आज महँगिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा पाँचसय रुपैयाँले घटेको सुनको मूल्य आज तोलामा आठसय रुपैयाँ बढेको हो।
हिजो सुनको मूल्य तोलाको एक लाख ६० हजार रुपैयाँ थियो। आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ८ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ। हिजो तोलाको एक हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार नौसय ३५ पुगेको महासंघले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij