२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । नेपाली बजारमा पाँच दिनदेखि लगातार बढिरहेको सुनको मूल्यले आज फेरि नयाँ कीर्तिमान गरेको छ
गएको आइतबारदेखि सुनको मूल्य निरन्तर बढिरहेको छ। आज सुनको मूल्य तोलामा तीनसय रुपैयाँ बढेर एक लाख ६० हजार सातसय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो। हिजो सुनको मूल्य एकलाख ६० हजार चारसय रुपैयाँ थियो।
आज चाँदीको मूल्य भने स्थिर छ। चाँदी आज एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij