Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सानिमा बैंकका ग्राहकले सिजी डिजिटलमा सामान खरिद गर्दा विशेष छुट पाउने

सानिमा बैंकका ग्राहकले सिजी डिजिटलमा सामान खरिद गर्दा विशेष छुट पाउने


  • 1.5K
    Shares

    सानिमा बैंकका ग्राहकले सिजी डिजिटलमा सामान खरिद गर्दा विशेष छुट पाउने

    काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सिजी डिजिटलमा विशेष छुटको व्यवस्था गरेको छ । 

    यस अन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग मार्फत सिजी डिजिटलमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकहरुलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको हो । 

    साथै, सानिमा क्रेडिट कार्ड मार्फत भुक्तानी गरी शून्य प्रतिशत मासिक किस्ताबन्दीमा परिणत गर्दा एक हजार रुपैयाँ बराबरको क्यासब्याकको व्यवस्था पनि गरेको छ । सो क्यासब्याक प्राप्त गर्न न्युनतम ३० हजारको कारोबार गर्नुपर्ने बैंकले जनाएको छ । 

    बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

    सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा एटिएमहरु संचालनमा रहेका छन् ।

    प्रकाशित मिति :आश्विन ९ २०८१ बुधवार - १२:४५:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij