Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

राजनीति

जसपाको आक्रामक निर्णय : पार्टीको अभियानमा संलग्न नहुने नेता–कार्यकर्ताहरू कारबाहीमा

जसपाको आक्रामक निर्णय : पार्टीको अभियानमा संलग्न नहुने नेता–कार्यकर्ताहरू कारबाहीमा


  • 2.3K
    Shares

    जसपाको आक्रामक निर्णय : पार्टीको अभियानमा संलग्न नहुने नेता–कार्यकर्ताहरू कारबाहीमा
    images

    काठमाडौं । जसपा नेपालले पार्टीको अभियानमा संलग्न नहुने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको छ । उसले सुरू गरेको चार महिने अभियानमा जो–कोही नेता तथा कार्यकर्ता संलग्न नभए कारबाही गर्ने निर्णय गरेको छ । 

    जसपाले पार्टीको माथिल्लोदेखि तल्लो तहसम्मका संगठनमा आवद्ध नेता तथा कार्यकर्तालाई ‘जनतासँग जसपा अभियान’मा सक्रियताका साथ लाग्न निर्देशन दिएको छ । 

    उसले अभियानको क्रममा पार्टी सुदृढीकरण एवं शुद्धीकरण गर्ने कार्यलाई पनि निरन्तरता दिने उद्घोष गरेको छ । यस्तोबेला निष्क्रिय हुने पार्टीका जो–कोहीलाई कारबाहीको दायरामा ल्याइने जसपा अध्यक्ष उपेन्द्र यादवले बताए । 

    अभियान भदौ ९ गतेदेखि चार महिनाका लागि सुरू भएको छ । अभियानमा पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई पालिकास्तरसम्मै खटाएको छ । 

    प्रकाशित मिति :आश्विन ८ २०८१ मंगलवार - १४:५७:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij