२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थक सडक आन्दोलनमा उत्रिएका छन् । उनीहरूले मुखमा कालोटेप टाँसेर सडक प्रदर्शनमा उत्रिएका हुन् ।
गत आइतबार प्रसाईं पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतबाट प्रहरीले प्रसाईंविरुद्ध पक्राउ पुर्जी लिएर पक्राउ परेको थियो । उनी पक्राउ परेको विरोधमा समर्थकले आज (मंगलबार) सडक प्रदर्शन गरेका छन् ।
पक्राउको विरोधमा लघुवित्त तथा वित्तीय शोषणविरुद्धको सङ्घर्ष समिति नेपाल, चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल र नागरिक बचाउ महाअभियान नेपालले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले मुखमा कालो टेप टाँसेर प्रदर्शन गरेका छन् । कालोटेप मुखमा टाँस्ने चलन नेकपा (एकीकृत समाजवादी)की पोलिटब्यूरो सदस्य रामकुमारी झाँक्रीले चलाएकी हुन् ।
एमाले अध्यक्ष केपी ओलीले संसद् २–२ पटक विघटन गरेपछि त्यसको विरोधमा उनले कालोटेप मुखबाट फुकालेर भृकुटीमण्डपबाट बोल्न पाउने अधिकार कुष्ठित नगर्न ओलीलाई चेतावनी दिएकी थिइन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका तत्कालीन महामन्त्री डा. मुकुल ढकालले पार्टी बैठक लाइभ गर्न माग गरेका थिए । तर, पार्टी पदाधिकारी त्यसो गर्न नमानेपछि उनले पनि मुखमा टेप टाँसेर बैठकमा उपस्थित भएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij