२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रविन्द्र मिश्रबीच भेटवार्ता भएको छ ।
आज (मंगलबार) बिहान प्रचण्ड निवास खुमलटारमा प्रचण्ड र रविन्द्रबीच भेटवार्ता भएको हो । भेटका क्रममा रविन्द्रले प्रचण्डसँग राजसंस्था पुनस्र्थापितको प्रस्ताव गरेका थिए । तर, उक्त प्रस्तावको प्रचण्डले ठाडै अस्वीकार गरेका छन् ।
रविन्द्रको प्रस्तावमा उनले म अहिले नै तपाईंको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन । तर, राति सुत्ने बेलामा सोच्न पर्नेबेला भएको प्रचण्डलाई उद्धृत गर्दै सामाजिक सञ्जालमार्फत रविन्द्रले बताएका छन् ।
उनले सामाजिक सञ्जालमा प्रचण्डसँग मनका कुरा भन्दै ७ बुँदासमेत उल्लेख गरेका छन् ।
प्रचण्डसँग मनका कुरा !
हिजो कार्यक्रममा भेट भयो । आज वर्षौँपछि प्रचण्ड निवासमा भेट भयो । अब देश यस्तो विन्दूमा पुग्यो कि राजसंस्थालाई पुनस्र्थापित नगर्ने हो भने यो देश विस्फोटनको अवस्था’ तिर उन्मुख हुँदैछ । र, त्यतिबेला तपाईंहरूको अग्रगमन नाम र सालिक केही बाँकी रहने छैन । लामो व्याख्यासहित सारमा मैले यही भनेँ ।
त्यसपछि उहाँका केही टिप्पणी अर्थपूर्ण लाग्यो :
१. यहीँ स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ । आजभोली प्रशिक्षणमा यहीँ भनिरहेकोछु ।
२. पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पंचायतकालमा धेरै राम्रो काम भएको रहेछ । राजा महेन्द्र त गग्जबका भिजनरी राजा रहेछन् ।
३. द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाकाबारे पुरै नकारात्मक थिए । म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ ।
४. राजा ज्ञानेन्द्रले पनि २०६२–०६३ को आन्दोलनको ताका अलि नरम भइदिएको भए आज परिस्थिति आर्कै हुन्थ्यो ।
५. देशमा विदेशी हष्तक्षप चरम अवस्थामा पुगेको सही हो ।
६. अहिले पो प्रधानमन्त्री भएँ। युद्ध गर्दा त मरिन्छ–बाँचिन्छ, थाहा थिएन । देश बनाउनै भनेर सारा गरेको हो । अहिले पनि मेरो भावना देश नै बनाउनु पर्छ भन्ने हो । तर, अब यसरी चाहिँ हुँदैन ।
७. म अहिले नै तपाईंको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन । तर, राति सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ । निरन्तरतामा क्रमभंगताु अत्यावश्यक भइसक्यो ।
कौशीमा लामो संवाद गरेर तल ओर्लिंदा माओवादी पार्टीका दर्जनौँ साथीहरू प्रचण्डजीलाई पर्खेर बसिरहेका थिए ।
सतहमा उनीहरू आफ्नो नेता पर्खिरहेका थिए । तर, गहिराइमा उनीहरू यो देश कहिले बन्ला र मेरा बालबच्चा र बाबुआमाले सुख पाउलान् भनेर पर्खिरहेका करोडौं नेपालीका प्रतिनिधि पात्र थिए । उनीहरूको जीवन पर्खिएरै वितिसकेको छ र वित्नेछ भन्नेमा संभवतः उनीहरू अनभिज्ञ थिए ।
म चाहिँ ईश्वर नै स्वर्गबाट झरेर देश बनाइदिन्छुु भने पनि वर्तमान प्रणालीमा यो देश बन्दैन र अझ बिग्रिन्छ भन्नेमा विश्वस्त छु ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij