Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

२३औँ राष्ट्रिय सम्मेलन

अखिल क्रान्तिकारीको अध्यक्षमा सहकारी एवं सुन काण्डमा मुछिएका दिपेश पुनको चर्चा 

अखिल क्रान्तिकारीको अध्यक्षमा सहकारी एवं सुन काण्डमा मुछिएका दिपेश पुनको चर्चा 


  • 2.2K
    Shares

    अखिल क्रान्तिकारीको अध्यक्षमा सहकारी एवं सुन काण्डमा मुछिएका दिपेश पुनको चर्चा 
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को अध्यक्षमा दिपेश पुनको चर्चा चुलिएको छ । 

    यहीँ असोज १० देखि १४ सम्म काठमाडौंमा हुने अखिल (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व चयन हुनेछ । नेतृत्वका लागि आधा दर्जन बढी आकांक्षी देखिएका छन् । 

    तीमध्येबाट पार्टी संस्थापन पक्षले नै दिपेश पुनलाई अगाडि सारेको चर्चा छ । उनी सहकारी बचत अपचलन तथा सुन तस्कर काण्डमा मुछिएका थिए । दिपेश सहकारी ठगीमा धरौटीमा छुटेका थिए । 

    उनैलाई अखिल (क्रान्तिकारी)को अध्यक्ष बनाउने चर्चाले जिल्लाबाट काठमाडौं आएका विद्यार्थी प्रतिनिधि स्तब्ध भएका छन् । नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रणालीमा जानुको साटो उहीँ टीकेप्रथा हाबी हुनुले संगठनलाई बल नपुग्ने सुदूरपश्चिम प्रदेशका एक प्रतिनिधि बताउँछन् । 

    अध्यक्षको आकांक्षीमा नरेश रेग्मी, अच्युत भट्ट, मदन भुल, केशव रावल, दीपेश पुन, जीपी मैनाली, इन्द्र भुसाल, पवन कार्की, नारायण खनाल, प्रविणा अधिकारी र क्षितिज सापकोटा छन् । 

    महासचिवका लागि सुधीन पौडल, हेमन्त राई, सुधीर रेग्मी र तृष्णा हमाललगायत छन् । संस्थापन पक्षले पुनलाई अध्यक्षमा अघि सारेको छ । जबकि सम्मेलनको नाराचाहिँ ‘भ्रष्टाचारको अन्त्य र सुशासन सुनिश्चितताका निम्ति हाम्रो आन्दोलन । रोजगार, उत्पादन र समाजवादी शिक्षाका लागि २३औं राष्ट्रिय सम्मेलन’ राखिएको छ ।

    पोखरास्थित सूर्यदर्शन सहकारी र रूपन्देहीको सुप्रिम सहकारीबाट दीपेशका नाममा ऋण प्रवाह भएको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले देखाएको छ । गोर्खा मिडिया नेटवर्कसँग औपचारिक सम्बन्ध नै नभएका पुनलाई कम्पनीले २ करोड ३४ लाख ऋण तथा पेस्की दिएको छ । उनले सूर्यदर्शन सहकारीबाट पनि ५० लाख ऋण लिएर नतिरेको प्रतिवेदनमा उल्लेख छ ।

    सहकारी ठगी प्रकरणमा पक्राउ परी उनी धरौटीमा रिहा भएका थिए । गत वैशाखमा रूपन्देही जिल्ला अदालतका न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले दीपेशलाई ४ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । 

    त्यस्तै सुन तस्करीमा संलग्न भएको आरोपमा उनी २०८० चैत २ मा काठमाडौंको धापासीबाट पक्राउ परेका थिए । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित आयोगले दीपेशलाई अनुसन्धानको दायरामा ल्याउन राय दिएको थियो । 

    २०८० साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार जाँच पार भएर सिनामंगल पुगेको सवारीसाधनबाट बरामद करिब ६१ केजी सुन तस्करी प्रकरणमा दीपेश चिनियाँ तस्करसँग सम्पर्कमा रहेको देखिएपछि अनुसन्धानको दायरामा ल्याइएको थियो । पछि उनी रिहा भए ।

    दिपेश पूर्वउपराष्ट्रति नन्दबहादुर पुनका छोरा हुने भने अखिल (क्रान्तिकारी)का महासचिव हुन् । 

    प्रकाशित मिति :आश्विन ८ २०८१ मंगलवार - ११:३०:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij