२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । सुनको मूल्यले आज फेरि अहिलेसम्मकै महँगो मूल्यको कीर्तिमान कायम गरेको छ।
आइतबार र सोमबार सुन लगातार उच्च मूल्यमा कारोबार भएको थियो। सोमबार भन्दा प्रतितोला पाँचसय रुपैयाँ वृद्धि भएर सुनको मूल्यले आज फेरि हालसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ५९ हजार सात सय रुपैयाँ छ। हिजो सुनको मूल्य १ लाख ५९ हजार दुई सय थियो।
महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ। चाँदीको मूल्य आज १ हजार ९ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो भन्दा चाँदी आज तोलामा पाँच रुपैयाँ घटेको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij