Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

सहकारी प्रकरण

कार्यालयमा लुकेर बसेका रवि प्रतिरक्षाका लागि आफ्ना नेताको स्वदेश फिर्तीको गुहार 

कार्यालयमा लुकेर बसेका रवि प्रतिरक्षाका लागि आफ्ना नेताको स्वदेश फिर्तीको गुहार 


  • 3.2K
    Shares

    कार्यालयमा लुकेर बसेका रवि प्रतिरक्षाका लागि आफ्ना नेताको स्वदेश फिर्तीको गुहार 
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले चीन पुगेका नेताहरूलाई स्वदेश फिर्तीको गुहार गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन पुगेका १४ नेताहरूलाई उनले स्वदेश फिर्तीको गुहार गरेका हुन् । 

    सहकारीको बचत रकम अपचलन संसदीय छानबिन समितिले जीबी राई, रवि, कुमार रम्तेल र छविलाल जोशीलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको छ । उक्त सिफारिसका आधारमा छविलाल पक्राउ परिसकेका छन् । उनी पक्राउ परेपछि रवि निकै त्रसित देखिएका छन् । 

    आइतबार यता पक्राउ पर्ने भयले सयौँ कार्यकर्ता जम्मा पारेर पार्टी कार्यालयमा लुकेर बस्ने गरेका छन् । आफू असुरक्षित महसुस गरिरहेका उनले केही दिनअघि पार्टी उपसभापति डा.स्वर्णिम वाग्ले नेतृत्वको १४ जना भ्रमण दललाई चीनबाट फिर्ता बोलाएका छन् ।

    ७ जना सांसद र ७ जना गैरसांसदसहित १४ जनाको टोली शनिबार राति चीन गएको थियो । तथापि सभापति रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणले फरक राजनीतिक घटनाक्रम बनेपछि टोली सोमबार नेपाल फर्किने योजना बनाएको थियो । तर, सोमबार नै नेपाल फर्किने बताइए पनि टिकट नपाउँदा भोलिमात्रै प्रर्किने सह–प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।

    प्रकाशित मिति :आश्विन ८ २०८१ मंगलवार - ०९:४६:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij