Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

राजनीति

ओली सरकारका प्रस्तावित राजदूत स्नातक फेल ! 

ओली सरकारका प्रस्तावित राजदूत स्नातक फेल ! 


  • 3.7K
    Shares

    ओली सरकारका प्रस्तावित राजदूत स्नातक फेल ! 
    images

    काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे मंगलबार निर्णय लिने भएको छ ।

    सिंहदरबारमा सोमबार बसेको बैठकमा प्रस्तावित राजदूत भट्टराईको नाम अस्वीकृत गर्न दुईतिहाइको संख्या नपुगेपछि मंगलबारको बैठकले निर्णय लिने समितिका सदस्य एवं कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

    उनका अनुसार सोमबार बैठकमा १५ मध्ये ८ सदस्यमात्रै सहभागी थिए । समितिले माग गरेको स्नातक तहको शैक्षिक प्रमाणपत्र बुझाउन नसकेपछि प्रस्तावित राजदूत भट्टराईको नाम अस्वीकृत गर्ने समितिको तयारी छ ।

    घिमिरेले प्रस्तावित व्यक्तिका नाम अस्वीकृत गर्न दुईतिहाइ संख्या आवश्यक पर्ने बताए । तर सोमबारको बैठकमा बहुमत सदस्यमात्रै रहेकाले निर्णय गर्न नसकिएको उनले बताएका छन् । 

    भट्टराईले राजदूत नियुक्तिका लागि आवश्यक स्नातक तह पासको प्रमाणपत्र उपलब्ध गराउन नसकेपछि समितिले यसअघि सोमबारसम्म प्रमाणपत्र बुझाउने समय दिएको थियो ।

    तर, उनले सोमबार पनि उक्त प्रमाणपत्र सोमबार पनि उपलब्ध गराउन सकेनन्। प्रमाणपत्र नआएपछि समितिको बैठक मंगलबार बिहान बसेर उनको नाम राजदूतमा अस्वीकृत गर्न लागिएको हो । 

    प्रकाशित मिति :आश्विन ७ २०८१ सोमवार - १५:५८:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij