२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले आज (सोमबार) पक्राउ नगर्ने भएको छ ।
तथापि रविलाई चाँडै पक्राउ गर्ने तयारी भएको प्रहरी उच्च स्रोतले बताएको छ । जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी लिएर पक्राउ गरिने स्रोतले बतायो ।
अदालतबाट अनुमति लिएर नै पक्राउ गरिने स्रोतको भनाइ छ । यद्यपि रविलाई हिजो र आज पक्राउ पर्ने भन्ने निराधार हल्ला मात्रै भएको प्रहरी स्रोतको दाबी छ ।
तर, उनलाई प्रहरीले प्रत्यक्ष वा परोक्ष निगरानीमा राखेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij