Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

राजनीति

रविको बाँकी भोलि खै ? 

रविको बाँकी भोलि खै ? 


  • 2.6K
    Shares

    रविको बाँकी भोलि खै ? 
    images

    काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आइतबार राति सामाजिक सञ्जालमा एउटा स्टाटस लेखे । 

    अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्टाटसमार्फत प्रधानमन्त्री न्युयोर्कबाट आँखा नसन्काउन समेत आग्रह गरे ।

    उनले लेखेका छन्, ‘न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू !’ रविका साझेदार छविलाल जोशी आइतबार पक्राउ परेका छन् । 

    उनी पक्राउ परेपछि आफू पनि पक्राउ पर्ने भयले मध्यरातसम्म पार्टी कार्यालयमा बसेका उनले प्रधानमन्त्री ओलीलाई अमेरिकाबाट फर्केर आउन आग्रह गरेका छन् । 

    ‘फर्केर आउनुस्, बसेर कुरा गरौं् ।’ सहकारी पीडितलाई न्याय दिने नियत भए रवि आफैले रुमको व्यवस्था गर्ने पनि बताएका छन् । 

    उनले सहकारीलाई न्याय दिन बिचौलियाको घर नचाहिने पनि बताएका छन् र अन्तमा उनले बाँकी भोलि लेखेका छन् । 

    उनले भोलि लेखेको १४ घण्टा बितिसक्दा पनि कुनै प्रतिक्रिया दिएका छैनन् । बरू उनले पोखरामा आफ्ना समर्थक तथा कार्यकर्ता विरोधमा उतारेका छन् । 

    यसका साथै रवि लामिछाने बिहानैदेखि पार्टी कार्यालयमा उपस्थित भएर नेताहरूसँग छलफल गरिरहेका छन् । 

    प्रकाशित मिति :आश्विन ७ २०८१ सोमवार - १३:००:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij