Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कुमारी बैंकले पायो एकसाथ दुई अवार्ड

कुमारी बैंकले पायो एकसाथ दुई अवार्ड


  • 1.7K
    Shares

    कुमारी बैंकले पायो एकसाथ दुई अवार्ड

    काठमाडौं । कुमारी बैंकले एकसाथ दुई अवार्ड प्राप्त गरेको छ ।

    भिसा इन्टरनेसनलले आयोजना गरेको ‘लिडरसिप कन्क्लेभ नेपाल २०२४’ सम्मेलनमा बैंकले ती दुई अवार्ड प्राप्त गरेको हो । बैंकले ‘एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड्स बिजनेस’ र ‘एक्सिलेन्स इन क्रस बोर्डर बिजनेस’ अवार्ड पाएको हो ।

    स्थापनादेखि बैंकिङ सेवा–सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै आएको बैंकले आगामी दिनमा पनि आफ्ना सेवाको प्रभावकारिता तथा पहुँच वृद्धिका लागि डिजिटल क्षमता सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।

    कुमारी बैंकका हाल ३ सय २ शाखा, ३ सय १८ एटीएम, ५० एक्स्टेन्सन काउन्टर तथा ५७ शाखारहित इकाइबाट सेवा दिँदै आएको छ ।

    प्रकाशित मिति :आश्विन ७ २०८१ सोमवार - १२:५९:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij