२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पक्राउ पर्ने भयले बिहानैदेखि कार्यालयमै छन् । बिहान आफ्नो निवासबाट कार्यालय प्रवेश गरेका उनी अहिलेसम्मै कार्यालयमा रहेका छन् ।
उनले आइतबार बेलुकी आफूमाथि जस्तोसुकै परिस्थिति आउनसक्ने भन्दै कार्यकर्ताहरूलाई प्रतिवादमा उत्रिन निर्देशन दिएका छन् । सहकारी बचत अपचलन संसदीय विशेष छानबिन समितिले प्रतिवेदन बुझाएपछि सभापति लामिछानेलाई पक्राउ गर्ने तयारीमा सरकार छ ।
पूर्वडीआइजी छविलाल जोशीलाई आइतबार पक्राउ गरेर पोखरा लगेपछि सरकारले लामिछानेलाई पक्राउ गर्ने तयारी गरेको हो । सोही कारण हिजो साँझबाटै रास्वपाका कार्यकर्ता पार्टी कार्यालयमा भेला भएर बसिरहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij