Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

बहुचर्चित सहकारी काण्ड

रविको पक्ष–विपक्षमा नाराबाजी, पीडितद्वारा पक्राउ गर्न आग्रह, समर्थकको नगर्न चेतावनी 

रविको पक्ष–विपक्षमा नाराबाजी, पीडितद्वारा पक्राउ गर्न आग्रह, समर्थकको नगर्न चेतावनी 


  • 4.8K
    Shares

    रविको पक्ष–विपक्षमा नाराबाजी, पीडितद्वारा पक्राउ गर्न आग्रह, समर्थकको नगर्न चेतावनी 
    images

    काठमाडौं । सूर्यदर्शन सहकारी पीडित बचकर्ताले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका छन् । 

    सहकारीको पैसा गोर्खा मिडियामार्फत लामिछानेले दुरूपयोग गरेको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय कास्की बाहिर नाराबाजीसहित प्रदर्शन गरिरहेका हुन् । 

    जिल्ला प्रशासन कार्यालयको गेटनेर सहकारी पीडित र त्यसकै ठिकअगाडि शहीद चोकको चौतारामा रास्वपाका नेता कार्यकर्ताले नाराबाजी गरिरहेका छन् । 

    पीडिले लामिछानेलाई पक्राउ गर्न माग गरिरहेका छन् भने रास्वपा नेता(कार्यकर्ताले लामिछानेलाई पक्राउ नगर्न चेतावनी दिइरहेका छन् । 

    सूर्यदर्शन सहकारी पीडित र रविसमर्थक नेता कार्यकर्ता आमने–सामने हुँदा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन तथा शहीद चोक आसपासमा सुरक्षाकर्मी खटाइएको छ ।
     

    प्रकाशित मिति :आश्विन ७ २०८१ सोमवार - ११:४२:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij