Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपतिलाई प्रचण्डको बधाई, दुई देशबीच सुमधुर सम्बन्धको विश्वास 

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपतिलाई प्रचण्डको बधाई, दुई देशबीच सुमधुर सम्बन्धको विश्वास 


  • 2.0K
    Shares

    श्रीलंकाका नवनिर्वाचित राष्ट्रपतिलाई प्रचण्डको बधाई, दुई देशबीच सुमधुर सम्बन्धको विश्वास 
    images

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति दसानायकेलाई बधाई दिएका छन् । 

    उनी आइतबार राष्ट्रपतिमा निर्वाचित भएपछि सोमबार सामाजिक सञ्जालमार्फत प्रचण्डले बधाई दिएका हुन् । उनले बधाई दिँदै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् । 

    उनले लेखेका छन्– ‘श्रीलङ्काको नवौं राष्ट्रपतिको निर्वाचनमा ऐतिहासिक जित हासिल गरेकोमा कमरेड दसानायके गठबन्धन नेशनल पिपुल्स पावर र उहाँको दल जेभीपीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’

    ‘भ्रष्टाचार, आर्थिक संकट र भूराजनीतिक तनावको सही समाधानको रूपमा माक्र्सवादी नेता चयन गर्ने श्रीलंकाली जनतालाई म सलाम गर्छु । उहाँको कार्यकालमा नेपाल र श्रीलंकाबीचको सम्बन्ध सुमधुर हुने विश्वास लिएको छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

    प्रकाशित मिति :आश्विन ७ २०८१ सोमवार - ११:०५:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij