२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग व्यवसायी दुर्गा प्रसाईं थोपा रगत रहुँञ्जेल लड्ने बताएका छन् । उनी पक्राउ परेलगत्तै यस्तो बताएका हुन् ।
‘तस्करहरूविरुद्ध लड्दा खेरी आज मैले यो भोगेको छु । केपी ओलीसँग त नि ! एक थोपो रगत रहुँञ्जेल लड्छु,’ प्रसाईंले भने । उनले एमाले परित्याग गरेपश्चात् प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अनेकन् टिप्पणी गर्दै आएका थिए ।
कम्बोडियाको दूरसञ्चार कम्पनीमा ओलीको अरबौँको लगानी भएको खुलासा गरेपछि प्रसाईंंसँग उनी क्रुद्ध बन्दै आएका थिए । त्यसयता उनीहरूबीच विवाद बढ्दै गएको थियो ।
प्रसाईं आज (आइतबार) दिउँसो ३ः०० बजे उनकै निवास भक्तपुरबाट पक्राउ परेका हुन् । उनलाई पक्राउ गर्न साइबर ब्यूरो प्रहरी खटिएको थियो ।
उनीविरुद्ध साइबर क्राइमसम्बन्धी उजुरी परेको थियो । यसअघि नै उनलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij