Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

राजनीति

दुर्गा प्रसाईंको आन्दोलन विसर्जनको बाटोमा !

दुर्गा प्रसाईंको आन्दोलन विसर्जनको बाटोमा !


  • 2.6K
    Shares

    दुर्गा प्रसाईंको आन्दोलन विसर्जनको बाटोमा !
    images

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आन्दोलन विस्तारै विसर्जन उन्मुख हुँदै गएको छ । उनका सहकर्मी समेतले साथ छोड्दै गएपछि आन्दोलन विसर्जन उन्मुख भएको हो । 

    धर्म–संस्कृति बचाउने, राजतन्त्र फर्काउने र ऋणीहरूको ऋण मिनाहा गर्ने भन्दै सुरू गरिएको प्रसाईं आन्दोलन सुस्ताउँदै गएको हो । उनले सञ्चालन गर्दै आएको मेडिकल कलेज ‘बी एन्ड सी’को नाममा सम्बन्धन पाउने गरी आदेश प्राप्त गरेपश्चात् उनी स्वयं आन्दोलनप्रति बेखबर बन्दै गएका छन । 

    उक्त कलेजले सम्बन्धन प्राप्ति पश्चात् प्रसाईंको प्राथमिकतामा अभियान नपरेको भन्दै सहकर्मीहरूले साथ छोड्दै गएका छन् । फोनमा रेस्पोन्स नदिने, भेटघाट, मिटिङमा हुने निर्णय कार्यान्वयनमा बेवास्ता गर्ने जस्ता कार्यशैलीले साथ छोडेको उनका एक सहकर्मी बताउँछन् । 

    प्रसाईंले अभियानलाई गति दिन कम्पनी रजिस्ट्रार कार्यालयमा ‘गैरनाफामूलक’ कम्पनी दर्तासमेत गरेका थिए । कम्पनीका संस्थापकहरूमा दुर्गा प्रसाईं, राकेश प्रसाईं, रमा सिंह, इशा खड्का र विनञ्जय थापा थिए । 

    अभियान विस्तार गर्ने क्रममा ४१ जना सचिवालय सदस्य बनाइएको थियो । अभियानका संयोजक दुर्गा प्रसाईँसहित ५ जनाको अध्यक्षमण्डल गठन गरिएको थियो । 

    अध्यक्षमण्डलमा हरि कार्की, राजु पनेरु, आनन्द प्याकुरेल र इशा खड्का थिए । पछिल्लो समय प्रसाईं यस अभियानबाट एक्लिँदै गएका छन् भने संस्थापक समूहका ५ जनामध्ये दुर्गा प्रसाईंसँग अहिले राकेश प्रसाईं मात्र बाँकी छन् । रमा सिंह र इशा खड्काले राजीनामा दिइसके। विनञ्जय थापा निष्क्रिय छन् । 

    प्रकाशित मिति :आश्विन ६ २०८१ आइतवार - १३:१७:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij