२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने भएको छ ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन हाल न्युयोर्कमा रहेका दुई प्रधानमन्त्रीबीच स्थानीय समयअनुसार साँझ ५ बजेदेखि ६ बजेसम्म होटेल लोटे न्युयोर्क प्यालेसमा ‘साइडलाइन’ भेटवार्ता हुने ओलीको सचिवालयले जनाएको छ ।
यसअघि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारत भ्रमणमा गएकी थिइन् । उनी त्यहाँ रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग
भेटवार्ता गरेकी थिइन् । उक्त भेटवार्ताको क्रममा समकक्षी केपी शर्मा ओलीले नेपाल भ्रमणको निमन्त्रणापत्र मोदीलाई थमाइन् । तर, उनले त्यसको केही जवाफ दिएनन् र ओलीको भारत भ्रमणबारे पनि कुनै निम्तो दिएनन् ।
प्रधानमन्त्री ओलीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग यसअघि नै भेटवार्ता गरिसकेका छन् । ग्रीन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्ने विषयमा दुईबीच समान धारणा देखिएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij