२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । राष्ट्रिय जनमोर्चा नेपालले सडक आन्दोलन गर्ने निर्णय गरेको छ । उसले ‘जनआन्दोलन दिवसको अवसर पारेर आगामी चैत्र २४ गते संघीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको हो ।
यहीँ महिना असोज ४ र ५ गते बसेको पार्टीको राष्ट्रिय परिषद्को दोस्रो बैठकले संघीयताविरूद्ध आन्दोलन गर्ने निर्णय गरेको अध्यक्ष चित्रबहादुर केसीले बताए ।
केसीका अनुसार आन्दोलनलाई सप्ताहव्यापी रुपमा सञ्चालन हुनेछ । ‘हाम्रो शान्तिपूर्ण आन्दोलनलाई सरकार पक्षबाट धरपकड गर्ने वा आन्दोलनमा अवरोध खडा गर्ने काम भयो भने संघीयता विरुद्धको राजधानी केन्द्रित आन्दोलनले थप विस्तारीत रुप लिन सक्ने विषयमा पनि राष्ट्रिय जनमोर्चाले सरकारलाई चेतावनी दिन चाहन्छ,’ अध्यक्ष केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
पुस महिनाभरी जिल्ला–जिल्लामा राजनीतिक प्रशिक्षणहरू सञ्चालन गरिनेछ। माघ १ गतेदेखि फागुनको १० गतेसम्म सदस्यता राष्ट्रिय अभियान सञ्चालन गरिने पार्टीले जनाएको छ । अभियानको दौरानमा सदस्यहरूको नवीकरण, नयाँ सदस्यहरूको भर्ना, कमिटीहरूको गठनरपुनर्गठनको कार्यलाई व्यापक पारिने अध्यक्ष केसीले बताए ।
फागुन १० देखि चैत्रको २० गतेसम्म देशव्यापी रुपमा राजधानी केन्द्रित आन्दोलनको पक्षमा प्रचारप्रसारलाई तीव्र पार्नुका साथै आर्थिक सङ्कलनलाई अभियानको रुपमा सञ्चालन गरिने जनमोर्चाको निर्णय छ ।
त्यस्तै राष्ट्रि प्रजातन्त्र पार्टी संघीयता विरोधी भए पनि उसले हालसम्म कुनै आन्दोलनको तयारी गरेको छैन । यसअघि गर्ने भनिएको आन्दोलनसमेत उसले स्थगित गरेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij