Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

नेशनल डे कन्सर्ट

प्रधानमन्त्री ओली दरबारमार्ग कन्सर्टमा नपुग्दै बालेनका समर्थकहरूको नाराबाजी

प्रधानमन्त्री ओली दरबारमार्ग कन्सर्टमा नपुग्दै बालेनका समर्थकहरूको नाराबाजी


  • 2.0K
    Shares

    प्रधानमन्त्री ओली दरबारमार्ग कन्सर्टमा नपुग्दै बालेनका समर्थकहरूको नाराबाजी
    images

    काठमाडौं । राजधानीको दरबारमार्गमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थक कुटिएका छन् ।  बालेनको पक्षमा नारा लगाएका उनलाई युवाहरुको अर्को समूहले कुटपिट गरेको हो  ।

    दरबारमार्गमा बिहीबार अपराह्न ४ बजेदेखि सुरु भएको ‘नेशनल डे कन्सर्ट’मा ती युवकले ‘बालेन ! बालेन !’ भनेर नारा लगाउन थालेपछि कुटपिट भएको हो ।

    प्रत्यक्षदर्शीले ती युवकलाई करिव पाँच जना युवाको समुहले  कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । कुटपिट गर्ने व्यक्तिहरूको पहिचान खुलेको छैन । कुटपिट लगत्तै युवाहरु भागेको बताइएको छ ।

    संविधान दिवसको अवसरमा नागरिकस्तरबाट भएको भनिएको कन्सर्टमा ठुलो संख्यामा युवाहरु राष्ट्रिय झण्डासहित भेला भएका छन् ।

    कन्सर्टमा आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमन लगायतको प्रस्तुती रहने बताइएको छ ।

    सो कन्सर्टमा प्रधानमन्त्री केपी ओली समेत साँझ सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

    प्रकाशित मिति :आश्विन ३ २०८१ बिहिवार - १६:४६:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij