Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

लोकसेवा आयोगले चैत २५ गते खरिदार तर्फका दुई वटा विज्ञापन गर्ने यसरी लगायो टुंगो 

लोकसेवा आयोगले चैत २५ गते खरिदार तर्फका दुई वटा विज्ञापन गर्ने यसरी लगायो टुंगो 


  • 21.7K
    Shares

    लोकसेवा आयोगले चैत २५ गते खरिदार तर्फका दुई वटा विज्ञापन गर्ने यसरी लगायो टुंगो 
    images

    चैत ११ गते देखि पदाधिकारी बिहिन लोकसेवा आयोगले खरिदार तहको विज्ञापन आह्वान गर्ने भएको छ।

    आयोगले वार्षिक कार्यतालिका अनुसार चैतको अन्तिम बुधबार खरदार (प्राविधिक) तर्फका दुई वटा विज्ञापनमा दरखास्त आह्वान गर्ने भएको हो। चैत २५ गते बुधबार बिज्ञापन गर्ने टुंगो लागेको हो । 

    यी विज्ञापन आयोगले यस वर्षका लागि तय गरेको खुलातर्फका अन्तिम हुन् । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार पदाधिकारीविहीन अवस्थामा विज्ञापन आह्वान गर्ने–नगर्ने भन्ने अन्योललाई चिर्दै आयोगले बुधबार विज्ञापन आह्वान गर्ने निर्णय गरेको हो ।

    ‘वार्षिक कार्यतालिका पहिला नै स्वीकृत भइसकेको हुनाले आयोगले छलफलपछि विज्ञापन खुलाउने निर्णय गरेको छ,’ सूचना अधिकारी सुवेदीले भने ।

    आयोगको आर्थिक वर्ष २०७७र७८ को वार्षिक कार्यतालिका अनुसार चैत २५ गते महिनाको अन्तिम बुधबार राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक) र स्वास्थ्य सेवाको चौथो तह, (राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक) तर्फको विज्ञापनको कार्यतालिका तय गरेको थियो ।

    चैत ११ बाट आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली सहित पाँच पदाधिकारीको पदावधि सकिएको थियो। पदाधिकारी अभावमा भर्ना आह्वान गर्ने बिषयमा अन्योल देखिएको थियो। नयाँ पदाधिकारी आइनसकेको अवस्थामा विज्ञापन आह्वान गर्न मिल्ने–नमिल्नेबारे आन्तरिक रुपमा लामो छलफल गरेर यस्तो निर्णय लिइएको हो।

    सूचना अधिकारी सुवेदी आयोगका पदाधिकारीको अनुपस्थितिमा आयोगका अधिकांश कामकारबाही ठप्प रहेको बताउँछन् । पदाधिकारीको अधिकार अन्यमा प्रत्यायोजन हुने व्यवस्था नरहेकाले पदाधिकारीको अनुपस्थितिमा आयोगका काम प्रभावित बनेका हुन् ।

    कार्यतालिका अनुसार यी पदहरुको विज्ञापन चैत अन्तिम साता, जेठमा परीक्षा सञ्चालन, असारमा नतिजा प्रकाशन र साउनमा अन्तर्वार्ता र सिफारिसको हुनु पर्नेछ । कति संख्यामा विज्ञापन खुलाउने भन्ने विषयमा भने छलफलकै क्रममा रहेको आयोगको भनाइ छ ।

    विज्ञापन आह्वान भए पनि पदाधिकारी नियुक्ति नभएको अवस्थामा जेठमा परीक्षा सञ्चालन हुनेबारे भने अझै अन्योल नै छ ।

    संवैधानिक निकायमा पदाधिकारी रिक्त हुनुभन्दा एक महिनाअघि नै संवैधानिक परिषदबाट नियुक्ति सिफारिस हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। तर राजनीतिक खिचातानीका कारण प्रधानमन्त्रीको अध्यक्षतामा बस्नुपर्ने संवैधानिक परिषद्को बैठक बस्न नसक्दा पदाधिकारी सिफारिस हुन सकेको छैन। जसकारण आगामी वर्षको कार्यतालिका समेत प्रभावित हुनसक्ने आयोगका अधिकारीहरु बताउँछन् ।

    पदाधिकारी रिक्त भएपछि आयोगका १७८ परीक्षा प्रभावित बनेका छन् । त्यस्तै ३४ विज्ञापनको नतिजा प्रकाशन हुन सकेको छैन भने सेना, प्रहरी सहित १६ निकायका परीक्षामा अन्योल देखिएको छ ।

    प्रकाशित मिति :चैत्र २२ २०७७ आइतवार - १६:११:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij