Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आजदेखि लागु हुने गरि घट्यो राष्ट्रियस्तरका विकास बैंकको ब्याजदर, कुनको कति ?

आजदेखि लागु हुने गरि घट्यो राष्ट्रियस्तरका विकास बैंकको ब्याजदर, कुनको कति ?


  • 2.4K
    Shares

    आजदेखि लागु हुने गरि घट्यो राष्ट्रियस्तरका विकास बैंकको ब्याजदर, कुनको कति ?

    काठमाडौँ । राष्ट्रियस्तरका विकास बैंकहरुले असोजका लागि ब्याजदर घटाएका छन्।

    हाल सञ्चालनमा रहेका ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरुमध्ये ७ वटाले असोजका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । एक बैंकले भने भदौँकै ब्याजदारलाई निरन्तरता दिने भएको छ । 

    असोज महिनामा कामना सेवाले भदौकै ब्याजदरलाई असोजमा निरन्तरता दिने भएको हो । कामना सेवाले असोजमा पनि व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ७ प्रतिशत ब्याज दिने भएको छ।

    यस्तै, असोजमा मुक्तिनाथ, गरिमा, महालक्ष्मी, लुम्बिनी, ज्योति र सांग्रिलाले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ६.५ प्रतिशत ब्याज दिने भएका छन्। 

    भदौमा मुक्तिनाथ, लुम्बिनी र ज्योतिले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ६.७५ प्रतिशत ब्याज दिएका थिए भने गरिमा, सांग्रिला र महालक्ष्मीले ७ प्रतिशत दिएका थिए। भदौमा ७ प्रतिशत ब्याज दिएको शाइन रेसुंगाले असोजमा भने ६.७५ प्रतिशत ब्याज दिने भएको छ। 

    प्रकाशित मिति :आश्विन १ २०८१ मंगलवार - ०६:५७:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij