२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार पनि बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।
निक्षेप संकलन उपकरण बोलकबोल मार्फत सोमबार २१ दिनका लागि ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको हो ।
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले चालु आर्थिक वर्षमा निरन्तर तरलता खिचिरेहको छ ।
आइतबार १ खर्ब रुपैयाँको निक्षेप संकलन उपकरण बोलकबोल गरेको केन्द्रीय बैंकले सोमबार पनि ५० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गर्ने भएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij